• बैशाख २२ २०८३, मंगलवार

सुजिताको शव फेला परेको ठाउँभन्दा १५ मिटर पर मोवाइल फेला

असार २२ २०७८, मंगलवार

चितवन । चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेको छ ।

चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा बोक्ने गरेको मोबाइल फेला परेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार शव फेला परेको ठाउँभन्दा १५ मिटर पर मोवाइल भेटिएको हो ।

अनुसन्धानमा खटिएको टोलीले सोमबार सुरुमा मोबाइलको ब्याट्री फेला पारेको ठाउँभन्दा करिब पाँच मिटर पर मोवाईल फेला पारेको जनाएको छ ।

घरबाट हिँडेको १० दिनपछि सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो । अहिले मृतकको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ ।

रिपोर्ट आएपछि मृतकको के कारणले मृत्यु भएको भन्ने खुल्ने बताइएको छ ।