• बैशाख २२ २०८३, मंगलवार

सशस्त्रका दुई एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

असार २२ २०७८, मंगलवार

काठमाडौँ। गृहमन्त्रालयले सशस्त्र प्रहरीका दुई जना एसएसपीलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको छ । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितीको बैठकले एसएसपी कालिदास धौबजी र कुमार न्यौपानेलाई डीआईजी बढुवा गर्न सिफारिस गरेको हो ।

डीआईजी बढुवा दौडमा सात जना एसएसपी रहेका थिए । जसमध्ये विदुर खड्गा, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह, कृष्णराज पाठक बाहिरिएका छन् । सशस्त्रमा डीआईजी हुनका लागि सुरक्षा व्यवस्थापन तालिम वा उच्चस्तरीय व्यवस्थापन तालिम वा स्टाफ कलेज गरेको हुनुपर्छ । जसमा धौबजी र न्यौपाने मात्र छानिए ।