काठमाडौँ । नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य पम्फा भुषालकी आमा इन्द्रकला भुषालको ९३ वर्षको उमेरमा निधन भएको छ । भुषालको कुसुन्तीस्थित निवासमा निधन भएको श्रोतले जनाएको छ ।
उनको पार्थिव शरीरमा सभामुख अग्निप्रसाद सापकोटा लगायत माओवादी केन्द्रका नेताहरुले पशुपति पुगेर श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा सहानुभूति प्रदान गरेका छन् । स्वर्गिय भुषालप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भुषाल निवास कुसुन्ति पुगि श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उनको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिदैछ ।