काठमाडौँ। शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सञ्चारकर्मी रुपा सुनारले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।
मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानुनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध
अनुसन्धानलाई प्रभावित गरेको भन्दै उनलाई पदबाट हटाउन माग गरिएको हो ।
जातीय विभेद मुद्धामा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई मन्त्रीको झन्डावाला गाडीमा राखेर लगेपछि मन्त्री श्रेष्ठ विवादमा तानिएका थिए ।