• बैशाख २१ २०८३, सोमबार

पृथ्वी राजमार्ग भासियोः सवारी एकतर्फी

असार २० २०७८, आईतवार

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा सडक भासिएको छ । लगातारको वर्षासँगै आज बिहान सडक भासिएपछि अहिले सवारी साधन एकतर्फी मात्र सञ्चालनमा आएको छ ।

केही महीनाअघि मात्रै कालोपत्र थपिएको सो सडकमा लगातारको वर्षाका कारण छेउ भासिएको हो । काठमाडौँ भित्रिने मुख्य राजमार्ग नै भासिएपछि एकतर्फी मात्र सञ्चालन हुँदा सवारी साधन जाम भएको छ ।