• बैशाख २१ २०८३, सोमबार

काठमाडौंमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु, एक गम्भीर घाइते

असार २० २०७८, आईतवार

काठमाडौँ। काठमाडौंको टोखामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।

शनिबार राति करिब १० : ४५ बजे टोखा नगरपालिका–९, दीपज्योतिमा बा२क ३४६६ नम्बरको टिपरले प्रदेश ३ ०२ ०१० प ७२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक नुवाकोटको बेलकोट नगरपालिका–६ का २६ वर्षीय सन्तोष अधिकारी र २२ वर्षीय दिपेश थापा छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते भएका ३० वर्षीय सागर खतिवडालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।