• बैशाख २१ २०८३, सोमबार

एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको घटनास्थलमा नै मृत्यु,चालक घाइते

असार १७ २०७८, बिहीबार

कास्की । कास्कीको मादी गाउँपालिकामा आज विहान बिरामी बोकेर उपचारका लागि जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको घटनास्थलमा नै मृत्यु भएको छ ।

मादी–९ स्थित खहरे खोलामा बिहान ९ बजे एम्बुलेन्समाथि पहिरो खस्दा ८३ वर्षीया बिरामी गोमा अधिकारीको मृत्यु भएको हो ।

उक्त घटनामा परी एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन् । एम्बुलेन्समाथि पहिरो खसेपछि त्यहाँ रहेका बिरामीका आफन्त, सहचालक र चालक भागाभाग गर्दा चालकलाई एकसय मिटर तलसम्म बाढीपहिरोले बगाएर घाइते बनाएको थियो ।

एम्बुलेन्समा सवार सहचालक मिनबहादुर पराजुली र विरामीका आफन्त प्रभात अधिकारीसहित दुईजनालाई भने सकुशल नै रहेका छन् ।