काठमाडौं । काठमाडौं महानगरपालिकाले खुल्लामञ्चस्थित बसपार्क हटाएर सबै सवारी साधनलाई ‘पिक एण्ड ड्रप’ प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ । यो संगै अब फेरि पुरानै शैलीमा रोडमै ‘पिक एण्ड ड्रप’को सुविधा प्राप्त गर्न सकिने भएको छ ।
अब सार्वजनिक सवारीसाधनहरु एकै स्थानमा लामोसमयसम्म रोकिन नपाउने भएका हुन् । उनीहरुले खुल्लामञ्चमा सवारी पार्किङ समेत गर्न पाउने छैनन् ।
आरएनएसी आसपास, न्युरोड गेट अगाडि र विर अस्पताल अगाडिको रोडमा नै पिक एण्ड ड्रपको सिस्टम अध्यावधी गरेर व्यवस्था मिलाइने बताइएको छ । महानगरपालिका र यातायात व्यवसायीका प्रतिनिधि तथा मजदुरका प्रतिनिधिहरुबीच मंगलबार भएको लामो छलफल पछिको सहमति अनुसार रोडमा नै पिक एण्ड ड्रपको सिस्टम अध्यावधी गरेर व्यवस्था मिलाइने व्यवस्था गरेको महानगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए ।