काठमाडौं । सर्वोच्च अदालतमा आज पनि प्रतिनिधिसभा विघटन सम्बन्धी परेको रिटमाथि विपक्षका तर्फबाट बहस जारी छ ।
आज प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट बहस गरिरहेका छन् । आज बहसका क्रममा नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले एउटा दलमा बसेर अर्को दलको समर्थन गर्न नपाइने तर्क गरे ।
‘संविधानअनुसार दल फुटाउन पाइन्छ श्रीमान् ! तर त्यहीँ बसेर अर्को दललाई समर्थन गर्न पाइँदैन, कांग्रेस र माओवादी केन्द्रले आफ्नो दलमा अनुशासन लगाउने तर अर्को दलमा ह्विप लाग्दैन भन्न पाइन्छ ? संविधानले सबै ठाउँमा दलबाहेक केही भनेको छैन । ७६(५) मा पुगेपछि दल होइन भन्न पाइँदैन ।’ पाण्डेयले भने ।