काठमाडौं । कोरोना भाइरसको महामारीमा पीडितहरुलाई निशुल्क खाना खुवाउने र अन्य सामाजिक कार्यको व्यवस्थापनका निमित्त बनाइएको जस्ताको अस्थायी टहरो प्रहरीले आज अवैधानिक भन्दै भत्काइदिएको छ।
केही समयको लागि बनाइएको त्यो टहरा सामाजिक कामका लागि स्थानीय वडा अध्यक्षसँग अनुमति लिएर बनाइएको थियो।
अहिले नगर प्रहरीले भनेको छ,स्थानीय वडाध्यक्षले संरचना निर्माण गर्न दिइएको अनुमती वैधानिक हुँदैन भन्दै कि त आधिकारिक हिसाबले नगरमा गएर स्वीकृति लिनुहोस् हैन भने अहिले हामी भत्काउन आएका छौँ,भत्काउँछौ। यसमा तपाईंहरूले अवरोध गर्न पाउनुहुने छैन भन्दै ठाडो चेतावनी सहित जस्ता निकालेर र त्यहाँ उपस्थित भएका अभियन्ता हरू सपना रोका मगर लगायत अन्य पत्रकार एवं सामाजिक कार्यकर्तामाथि प्रहार गर्दै उनीहरूलाई पक्राउ गरेर लगेको छ।
सामाजिक कार्यकर्ता एवं अभियन्ताहरू चिच्याउँदै, कराउँदै,रुँदै,गुहार मागिरहेका थिए । उनीहरू आक्रोशित हुँदै प्रहरीको गाडीबाट प्रहरी दमनप्रती नाराबाजी गर्दै थिए।