• बैशाख २१ २०८३, सोमबार

ट्राफिक नियम उल्लंघन गर्ने मन्त्रीको गाडीमा ट्राफिकको ‘ह्वील लक’

असार १३ २०७८, आईतवार

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने एकजना मन्त्रीको गाडी ट्राफिक कारबाहीमा परेको छ । गलत स्थानमा पार्किङ गरेका कारण मन्त्रीको गाडीलाई ‘ह्वील लक’ लगाएर कारवाही गरेको छ ।

काठमाडौंको नयाँबानेश्वरमा पार्किङ निषेध गरिएको स्थानमा पार्किङ गरेको मन्त्रीको गाडीमा ट्राफिक प्रहरीले ह्विल लक लगाइदिएको हो ।

बा २ झ ३१४२ नम्बरको मन्त्रीको गाडीको चक्कामा ह्लिक लक लगाइएको हो । कुन मन्त्रालय र मन्त्रीको गाडी हो भन्ने खुलिसकेको छैन । उक्त गाडीमा ह्विल लक लगाएको तस्विर भुवन थापा नामक सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो ट्वीटर अकान्ट मार्फत् सार्वजनिक गरेपछि सबैको ध्यान तानिएको छ ।