शुक्रबार साँझ देखि नै काठमाडौं लगायत देशभर विभिन्न स्थानमा भारी वर्षा भएको छ भने केही स्थानमा हल्का वर्षा भएको थियो ।
भक्तपुरको हनुमन्ते खोलामा पनि वर्षा भएसंगै पानीको सतह बढेको छ । त्यसैगरी मनोहरा र हनुमन्ते मिसिएर बग्ने खोलामा पनि पानीको सतह बढेपछि नजिकका बस्ती जोखिममा परेका छन् ।
त्यसैगरी, काठमाडौंको वाग्मती, विष्णुमति नदीको पानीको सतह बढेको छ । धोवी खोला, बल्खु खोलाको पानीको सतह निकै बढेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका अधिकांश भूभागमा वर्षा हुने र केही स्थानमा भने भारी वर्षा हुनसक्ने भन्दै सर्तकता अपनाउन आह्वान समेत गरेको छ ।