• बैशाख २१ २०८३, सोमबार

पुस्तक पसलमा अनुगमन गर्दा यस्तोसम्म भेटियो

असार १२ २०७८, शनिबार

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रहेको अनुगमन समितिले काठमाडौँको केही पुस्तक पसलमा अनुगमन गरेको छ ।

केन्द्रका महानिर्देशक एवं अनुगमन समितिका संयोजक वैकुण्ठ अर्यालको नेतृत्वमा आज काठमाडौँको भोटाहिटी बजारमा अनुमगन गर्दा कतिपय पसलका पुस्तकमा मूल्य सूचीमा कालो पोतिएको, तोकिएभन्दा बढी मूल्य कायम गरेको, नेपालको पुरानै नक्साको तस्वीर प्रकाशन गरेको पाइएको छ ।

अनुगमन समितिका अनुसार अनुगमनलाई निरन्तरता दिई कारबाहीका लागि प्रतिवेदन तयार गरिने बताइएको छ ।