• बैशाख २१ २०८३, सोमबार

थापाथलीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

असार १२ २०७८, शनिबार

काठमाडौंको थापाथलीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना६ख ३३०२ नम्बरको ट्रक र माइतीघरबाट थापाथली जाँदै गरेको प्रदेश–०२–०२६ प ११८१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दोलखा घर भई काँडाघारी बस्दै आएका २९ वर्षीय अर्बत खड्काको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते खड्काको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा रामेछापका २३ वर्षीय कृष्ण खड्का घाइते भएका छन् । घाइते खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ । मृतक खड्का नेपाल विद्यार्थी संघका नेतासमेत हुन् ।

प्रहरीले ट्रक चालक हिरालाल बललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।