• बैशाख २१ २०८३, सोमबार

ज्वाला संग्रौलासहितको समूहलाई थप पाँच दिन थुनामा राख्न अनुमति

असार ११ २०७८, शुक्रबार

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले ज्वाला संग्रौलासहित तीनजनालाई थप पाँच दिन थुनामा राख्न प्रहरीले अनुमति दिएको छ ।

प्रहरी हिरासतमा रहेकी आफूलाई सामाजिक अभियान्ता बताउने ज्वाला संग्रौलासहितको समूहलाई अनुसन्धानको लागि पाँच दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले शुक्रबार अनुमति दिएको हो ।

अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी संग्रौलासहितको उनको समूहमाथि अनुसन्धान गर्न तीन दिनको समय कम भएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट थप पाँच दिन समय मागेको हो।

संग्रौलासहित उनको समूहले अघिल्लो महिना महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि रंगभेदी दुर्व्यवहार गरेको थियो । उक्त घटनामा उनीहरूमाथि छानविन गर्ने प्रहरीले तयारी गरेको छ ।