काठमाडौँ। गोकर्णेश्वरमा शुक्रबार बिहान टिपरले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका- ९ मा पर्ने जगडोलमा बिहान करिब पौने ६ बजेतिर उक्त दुर्घटना भएकाे हाे ।
महानगरीय प्रहरी वृत्त बौद्धले दिएकाे जानकारी अनुसार बिहान बा ४ ख ८२२९ नम्बरको टिपरले ठक्कर दिँदा साइकलयात्री २६ वर्षीय खुर्बु छिरिङ भोटे गम्भीर घाइते भएका थिए । उनलाइ तत्कालै उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लगिएको थियो । तर उपचारकै क्रममा उनकाे मृत्यु भयाे ।
मृतक संखुवासभा घर भई हाल काठमाडौं महानगरपालिका- ६ मा बस्दै आएका थिए । टिपर चालक प्रदीप विक भने रामेछाप घर भई हाल गोकर्णेश्वरको आरूबारीमा बस्दै आएका थिए । चालक ३२ वर्षीय विकलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।