• बैशाख २१ २०८३, सोमबार

४ अनलाइन काउन्सिलको कालोसूचीमा (नाम र कारण सहित)

असार १० २०७८, बिहीबार

काउन्सिलद्वारा प्रेस काउन्सिल नेपालले ४ वटा अनलाइन न्युज पोर्टनललाई कालोसूचीमा राखेको छ । आचारसंहिता उल्लंघन गर्न पटकपटक आग्रह गर्दापनि अटेरी गर्ने ४ अनलाइनलाई कालोसूचीमा राखिएको हो ।

ई–हिमालयटाइम्स डटकम, वीरगञ्जसिटी डटकम, एनआरएनखबर डटकम र कोटीपाटी डटकमले आचारसंहिता पालना गर्न गरेको आग्रह अवज्ञा गरेकाले कालोसूचीमा राखिएको काउन्सिलले जनाएको छ ।

यीमध्ये ई–हिमालयटाइम्स नियमानुसार दर्ता र सूचीकरण नभएकाले नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले जनाए ।

त्यसैगरी काउन्सिलले ८ न्युज पोर्टललाई ध्यानाकर्षण र ४ वटालाई सचेत गराएको छ । जसमा देशसञ्चार डटकमसमेत छ । अनलाइन न्युज पोर्टल मात्र होइन एक सञ्चारकर्मी र एक विज्ञलाई पनि पछिल्लो १५ दिनको अवधिमा सचेत गराइएको काउन्सिलले जनाएको छ ।