• बैशाख २१ २०८३, सोमबार

विपक्षी गठबन्धनका विद्यार्थीहरुद्वारा सरकारविरूद्ध प्रदर्शन

असार १० २०७८, बिहीबार

काठमाडौँ। विपक्षी गठबन्धनमा सम्बद्ध प्रमुख पाँच विद्यार्थी संगठनले आज देशभर प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको बिरोध गर्दै बिहीबार दिउँसो उपत्यकाको प्रदर्शनीमार्गमा प्रदर्शन गरेका हुन् ।

संविधानको चीरहरण गरेर दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्दै असंवैधानिक जगमा उभिएको प्रतिगामी सरकारले कोरोना कहरले आक्रान्त जनतालाई राहत र सहुलियत दिनुको सट्टा एकपछि अर्को राष्ट्रघात, कुशासन, महङ्गी र भ्रष्टाचार थोपरिरहेको उनीहरूले बताए ।

त्यस्तै प्रदर्शनमा सहभागीहरुले असंवैधानिक कदम खारेज गर, विधिको शासन कायम गर, प्रतिगमन अब त अति भो, राष्ट्रलाई क्षति भो लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।