रौतहट, रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । नगरपालिकाको पाँचौ नगरसभा चलिरहदा बाहिर प्रभु साह पक्ष र अन्य दलका कार्यकर्ता बीच झडप भएको हो ।
स्थिति तनावग्रस्त भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन दर्जनौं राउण्ड अश्रुग्याँस प्रहार गरेको छ। झडपका क्रममा दुई प्रहरीसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ ।