काठमाडौँ। प्रतिनिधि सभा विटघटन सम्बन्धी रिटमाथि आजदेखि बहस सुरु भएको छ ।
आजको बहसमा भाग लिँदै अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारी संविधानभन्दा बाहिर गएको तर्क गरे । उनले संविधान अनुसार विधि पुगेर प्रधानमन्त्रीको दाबी गर्नेलाई राष्ट्रपतिले इन्कार गर्न नपाउने बताए।
उनले प्रतिनिधि सभा विघटन सिफारिस र विघटन मध्यरातमा गरिनु गलत भएको तर्क गरे ।
“राष्ट्रपतिले मध्यरातमा नै किन निर्णय गर्नुपर्यो ? ‘उहाँको नियत गलत थियो भन्ने आधार नै यही हो,’ उनले भने । राजनीतिक पार्टीको सहमति वा समर्थन म्यान्डेटरी नै छैन भने त्यसैलाई देखाएर आफ्नो नियत राष्ट्रपतिले पूरा गर्न पाउँछ श्रीमान् ?”