काठमाडौं । मंगलबार काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालय हत्या गरेर फालिएको अवस्तामा भेटिएको महिलाको शवको पहिचान भएको छ ।
प्रहरी स्रोतका अनुसार उक्त शव कालोपुल बस्दै आएकी सन्तोषी सुब्बाको शव भएको खुलेको छ ।
अर्धनग्न अवस्थामा फेला परेको शवको मुख चिन्न नसकिने गरी किचिएको थियो भने घाँटी कसिएको पाइएको थियो । घटनास्थलमा रुखको हाँगामा महिलाको मास्क, चप्पल भेटिएको थियो । प्रहरीले उनको हत्या भएको निष्कर्ष लागेको थियो ।
सन्तोषी कालोपुलमा धर्म बुबा भनिने धर्मबहादुर तामाङसँग बस्दै आएको खुलेको छ । प्रहरीले अहिले तामाङसँग आवश्यक सोधपुछ गरिरहेको बताइएको छ ।
महानगरीय अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढाएको छ ।