• बैशाख २१ २०८३, सोमबार

रोल्पामा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु, तीन घाइते

असार ९ २०७८, बुधबार

रोल्पा। रोल्पामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। रोल्पा नगरपालिका ९ होमाको गर्पामा अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा गएराति ८६ वर्षीया कर्मिता बुढा उनको नातिनि १६ वर्षीया स्यामकला बुढा र १८ वर्षीया नातिनी बुहारी शुसिला बुढाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही घटनामा परि ४० वर्षीय टिका सिंहबुढा, ४५ वर्षीया सुनमाया बुढा र ९ वर्षीय सक्तीमान बुढा घाईते भएका छन् । घटना स्थलमा सडक अबरुद्व भएकाले घाईतेको उद्धारमा कठिनाई भएको बताइएको छ ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीसहितको टोली घटनामा पुगेर उद्धारको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।