• बैशाख २१ २०८३, सोमबार

६५ वर्षमाथिका नागरिकलाई तत्काल दोस्रो डोज खोप उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश

असार ८ २०७८, मंगलवार

काठमाडौँ। सर्वोच्च अदालतले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई तत्काल दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मंगलबार सो आदेश जारी गरेका हुन् ।

६५ वर्षमाथिका जेष्ठ नागरिकलाई सरकारले फागुन २३ मा पहिलो डोज उपलब्ध गराएको थियो । जेठ १५ सम्म पनि दोस्रो डोज खोप लगाउन नपाएपछि नागरिक अभियन्ता चिरञ्जिवी बासगिरीले सर्वोच्चमा रिट हालेका थिए ।

न्यायाधीश खतिवडाको इजलासले अन्तरिम आदेश र कारण देखाउ आदेश जारी गरेको छ । मुद्दामा अधिवक्ता किर्तिनाथ शर्मा पौडेल, विकास भट्टराई र अमिता गौतम पौडेल लगायतले बहस गरेका थिए । सो आदेशसँगै १३ लाख वृद्ध, वृद्दाले खोप लगाउन पाउने बाटो खुलेको छ ।