• बैशाख २१ २०८३, सोमबार

काठमाडौँको बालाजुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

असार ८ २०७८, मंगलवार

काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । सोमबार साँझ बालाजुस्थित सडकमा ना ४ ख ४२२९ नम्बरको बसले बा ७८ प ८३८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका-५ लोलाङ हाइट बस्ने गोरखा, भीमसेन गाउँपालिका–७ घर भएकी २४ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय सीताराम परियारको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।