काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलासहित उनका समूहका २ जनामाथि अनुसन्धान गर्न ३ दिन थुनामा राख्ने अनुमति प्रहरीले पाएको छ ।
आइतबार पक्राउ परेका संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइबालाई सोमबार अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो ।
महानगरीय प्रहरी परिसर टेकु, प्रहरीले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार पेस गरेको थियो ।
प्रशासनले थुनामा राख्न अनुमति दिएसँगै उनीहरूमाथि थप अनुसन्धान शुरू गरिएको एसएसपी अशोक सिंहले बताए ।
आफूमाथि अभद्र व्यवहारसँगै कुटपिट गरिएको भन्दै युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले उनीहरुमाथि जाहेरी दिएकी थिइन् । त्यसैको आधारमा प्रहरीले तीनजनालाई आइतबार हिरासतमा लगेको थियो ।
खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् ।