• बैशाख २१ २०८३, सोमबार

ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको दोस्रो डोज खोप लगाउन माग गर्दै सर्वोच्चमा रिट

असार ७ २०७८, सोमबार

काठमाडौँ। जेष्ठ नागरिकरुलाई समयमानै कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्च अदालतमा  रिट निवेदन दर्ता भएको छ ।
आज (सोमबार ) रिट निवेदक चिरन्जिवी वासगिरी लगायतले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई यथाशीघ्र दोस्रो डोज खोप उपलब्ध गराउन माग गर्दै रिट निवेदन दर्ता गरेका हुन् ।

उनको रिटमा मंगलबारका लागि पेशी तोकिएको छ । उक्त रिटमा अधिवक्ताहरु कीर्तिनाथ शर्मा पौडेल, अमिता गौतम पौडेल, विकास भट्टराई, ज्ञानेन्द्रराज आनन्द र सुरेन्द्र विक्रम केसी लगायतले बहस गर्दै छन् ।

ज्येष्ठ नागरिकलाई जेठ १५ गतेसम्म दोस्रो डोज खोप दिनुपर्नेमा अहिलेसम्म नदिएकाले ज्येष्ठ नागरिकको हक लगायतका मौलिक हक उल्लंघनको विषय लिएर सर्वोच्चमा रिट दिएको रिट निवेदनका लागि सहयोग गरेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताए ।

भारतीय कम्पनीले खोप नदिएपछि सरकारले बेलायतबाट अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको खोप ल्याएर ज्येष्ठ नागरिकलाई दिने बताउँदै आएको छ ।  खोप कहिले आउने टुंगो छैन ।