• बैशाख २१ २०८३, सोमबार

मंगलबारदेखि टुटल र पठाओ सेवा सञ्चालन,जोर-बिजोर प्रणाली लागू हुने

असार ७ २०७८, सोमबार

काठमाडौं : राइड सेयरिङ पठाओ कम्पनीले भोलि (मंगलबार)बाट आफ्नो सेवा शुरु गर्ने भएका छन् । सरकारले निजी सवारीसाधन जोरबिजोर प्रणालीबाट सञ्चालन गर्न दिने भएपछि कम्पनीले सेवा सञ्चालन गर्न लागेको हो ।

भोलिबाट सेवा सुचारु हुने र जोरबिजोर प्रणालीबाट सेवा दिइने कम्पनीहरुले स्पष्ट पारेका छन् । सरकारले तोकेको मापदण्ड पूरा गरेर सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण गत वैशाख १६ गतेदेखि नै टुटल र पठाओको राइड सेयरिङ सेवा पनि रोकिएको थियो।