• बैशाख २१ २०८३, सोमबार

निषेधाज्ञाबारे छलफल गर्न उपत्यकाका प्रजिअहरूको बैठक बस्दै

असार ६ २०७८, आईतवार

काठमाडौँ। उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच निषेधाज्ञाबारे निर्णय लिन आज बैठक बस्दैछ । बैठक अपरान्ह बस्ने भनिए पनि समय भने एकिन भएको छैन ।

बैठकमा जारी निषेधाज्ञा थप गर्ने, कुन-कुन क्षेत्र खुलाउने, कुन क्षेत्र बन्द गर्ने, मोडालिटीबारे छलफल हुने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

अवको थप निषेधाज्ञामा फेन्सी,भाडा लगायत भीडभाड् नहुँने व्यवसाय चलाउन दिने तयारी भएको उनको भनाई छ ।

कोरोना संक्रमित घट्दै गए पनि जोखिम भने कायमै रहेकोले निषेधाज्ञा एक साता बढाउने तयारी छ। सरकारले असार ७ गतेदेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरिसकेको छ ।

जोररबिजोर कायम हुने गरी सवारी साधन चल्न दिने, सरकारी कार्यालयमा भिड कम गर्न सातामा दुई दिन बिदा दिनेजस्ता विषयमा पनि छलफल हुनेछ ।