• बैशाख २१ २०८३, सोमबार

हेलम्बु पहिरो अपडेट : अहिलेसम्म २३ जना बेपत्ता

असार ५ २०७८, शनिबार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले असार १ गतेदेखि आएको बाढी पहिरोमा परी हालसम्म २३ जना बेपत्ता भएको जनाएको छ ।

गाउँपालिकाले शनिबार बाढी पहिरोबाट पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण सार्वजनिक गर्दै चार महिलासहित १९ पुरूष बेपत्ता रहेको जनाएको हो ।

गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा असार १ गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको पहिरोको कारण बाढी आएको जनाएको छ ।

बेपत्ता हुने २३ जनामध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिक समेत छन् ।

बाढीमा परी बेपत्ता हुनेहरुको संख्या अझ बढ्ने अनुमान गरिएको छ ।