• बैशाख २१ २०८३, सोमबार

कपिलवस्तुमा बाख्रा गोठमा लुकाएर राखेको हातहतियार बरामद

असार ५ २०७८, शनिबार

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ८ लोहरौला बस्ने बर्ष अं.३२ को अस्लम मुसलमानको घरबाट आज दिउँसो ४ बजेको समयमा १ कि.मी.उत्तर पुर्व पर्ने आफ्नै खेतमा फुसले छाएको कच्ची बाख्रा गोठमा लुकाई छिपाई राखेको हातहरियार कपिलवस्तु प्रहरीले बरामद गरेको छ ।

उक्त हातहतियार बारे गोप्य सुचना प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय गणेशपुरबाट प्रनि रण बहादुर विष्टको कमाण्डमा खटिईएको टोली र ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट प्रनानि गगन शाहीको कमाण्डमा खटिएको संयुक्त टोलीले खानतलासी गर्दा गोठको छानोको खरमुनि बोरा भित्र लुकाई छिपाई राखेको अवस्थामा हातहतियार बरामद गरेको जनाएको छ ।

१२ बोर बन्दुक २ थान, सर्टगनमा लाग्ने लाईभ कार्टिज (जंगी राउण्ड) ५ थान, सर्टगनको पड्किएको खोका ११ थान, अं.३०० ग्राम बारुद जस्तो देखीने कालो धुलो पदार्थ, ५७ वटा छर्रा र ३ वटा जनावरलाई पासो लगाउने जाल फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तु प्रहरी अनुसार अन्दाजी ३२ बर्षिय अस्लम मुसलमानको खोज तलास भईरहेको बताइएको छ ।