• बैशाख २१ २०८३, सोमबार

मुस्ताङको भिडियो शेयर गर्दै डब्ल्यूएचओका महानिर्देशक भन्छन् – ‘उनीहरू हिरो हुन्’

असार ५ २०७८, शनिबार

काठमाडौँ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप खोला तारिरहेको भिडिओ ट्विट गर्दै प्रशंसा गरेका छन्।

असार १ गते मुस्ताङको छापताङ खोला बढेपछि खोप बगाउने डरले स्वास्थ्यकर्मीहरुले लठ्ठीको सहाराले खोला तारेका थिए । खोप त्यसरी तारेको भिडियो भाइरल भएपछि डब्ल्यूएचओका महानिर्देशकले पनि ट्वीट गर्दै उच्च प्रशंसा गरेका हुन् ।

‘स्वास्थ्यकर्मीहरु जीवनरक्षाका लागि कति टाढासम्म पुगिरहेका छन्, धेरै ठाउँमा यी हिरोहरुलाई अझै खोपबाट वञ्चित गर्नु कति न्यायोचित होला ?’ टेड्रोसले ट्विट गर्दै भने ।

उनले यस्ता हिरोहरु अहिले पनि धेरै ठाउँमा कोरोना खोपबाट वञ्चित भएका भन्दै यो न्याय नभएको बताएका छन् । यस्तै, उनले समान रुपमा खोप वितरण गर्ने प्रयास गरिरहेको पनि बताएका छन् ।

https://twitter.com/i/status/1405138726280257541