• बैशाख २१ २०८३, सोमबार

‘वर्तमान राजनीतिक संकट र अबको विकल्प’ विषयक अन्तरकृया हुँदै

असार ४ २०७८, शुक्रबार

काठमाडौं । सडक संघर्षमा रहेका ४ राजनीतिक दलले ‘वर्तमान राजनीतिक संकट र अबको विकल्प’ विषयक अन्तरकृया गर्दैछन् । आज दिनको १२ बजेदेखि सुरु भई ३ बजेसम्म सञ्चालन हुने सो अन्तरकृयामा क्रान्तिकारी माओवादीबाट सीपी गजुरेल, विप्लव नेकपाबाट धर्वेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी पार्टीबाट विश्वभक्त दुलाल र नेकपाबाट ऋषि कट्टेल सहभागी हुनेछन् ।

निषेधाज्ञाका कारण भौतिक उपस्थिति हुन नसकिएपछि गुगलको माध्यमबाट गरिने सो अन्तरकृयामा इच्छुक सबैलाई सहभागी हुन अपील गरिएको छ ।

सहभागी हुनका लागि भिडियो कल लिंक  meetgoogle.com/etk-rceu-knu र मिटिङ कोर्ड  etk-rceu-knu उपलब्ध गराइएको छ । कार्यक्रमका लागि केहीदिन अघिदेखि व्यापक प्रचार प्रसार गरिएको छ ।

देशमा सत्ता संकट रहेको बेला गर्न लागिएको यो अन्तरकृयामा वर्तमान संसदीय व्यवस्था फालेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ भन्दै सडक संघर्षमा रहेका दलका नेताहरुले अबको राजनीतिक निकासका बारेमा दिने मन्तव्यलाई महत्वका साथ हेरिएको छ । कार्यक्रमको आयोजना अखिल क्रान्तिकारीले गरेको छ ।

आजको कार्यक्रममा सहभागी ४ पार्टीका नेताहरुले यसअघि संसदीय व्यवस्था विस्थापित गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि भन्दै संयुक्त रणनैतिक मोर्चा पनि गठन गरेका छन् । उनीहरुले यो मोर्चाको उद्धेश्य पार्टी एकतासम्म जानसक्ने घोषणा पनि गरेका छन् ।