भूकम्पले भत्किएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुनर्निर्माण भई सञ्चालनमा आइसकेको छ। भूकम्पपछि प्रधानमन्त्री कार्यालय सारिएको भवनमा अब गृह मन्त्रालय सारिएको हो।
गृहको आन्तरिक व्यवस्थापन महाशाखाले मन्त्रालय सर्ने क्रममा रहेको जनाएको छ। पुरानो प्रधानमन्त्री कार्यालय रहेको अत्याधुनिक भवनमा गृहका तीन वटा शाखा सरिसकेका छन्। मन्त्रालय पूर्ण रुपमा असार मसान्तसम्म सरिसक्ने महाशाखा प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्।