• बैशाख २१ २०८३, सोमबार

चुरे उत्खनन् गर्ने विनासकारी निर्णय खारेज गर्न चेतावनी

असार ३ २०७८, बिहीबार

काठमाडौं । वैद्य माओवादी नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले सरकारले तराईमा रहेको ढुंगा, गिट्टी र बालुवा लगायतका वस्तुको निकासी गर्न दिएको अनुमति तत्काल फिर्ता गर्नुपर्ने माग राखेको छ । सो मोर्चाले आज एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।

मोर्चाका अध्यक्ष सीपी गजुरेलद्धारा जारी विज्ञप्तिमा तराईमा रहेको चुरे क्षेत्रमा अनियन्त्रित तरिकाले उत्खनन् गर्दा प्राकृतिक असन्तुलन भई बाढी आउने जस्ता विनासकारी अवस्था आउने भन्दै चुरे दोहन गर्न तुरुन्त रोक्नु पर्नेमा जोड दिइएको छ ।

व्यापार घाटा कम गर्ने बहानामा तराईलाई मरुभूमी बनाउन बनाउन नहुने गजुरेलको विज्ञप्तिमा जनाइएको छ । कुवाहरु सुक्ने, पानीका मुल सुक्ने, जमीन बगाउने जस्ता प्राकृति विपत्ति निम्तिने भएका कारण तराईलाई सुरक्षित गर्नु पर्ने हुन्छ तर सरकारले यस्त कुरामा ध्यान नदिएर तराई दोहन गर्ने नीति लिएको छ यसलाई तत्काल रोक्नु पर्नेमा उनको जोड रहेको र साथै यस्तै गतिविधि भइरहेमा आइपर्ने नकारात्मक अवस्थाको जिम्मेवार सरकार हुनुपर्नेमा चेतावनी पनि दिइएको छ ।