• बैशाख २१ २०८३, सोमबार

पछिल्लो २४ घण्टामा थप २६०७ जनामा कोरोना सङ्क्रमण

असार ३ २०७८, बिहीबार

काठमाडौँ। देशभर थप २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ७११ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७६८ जना र ४ हजार ७७३ जनाको एन्टिजेन विधिबाट परीक्षण ८ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ४० हजार ४० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार १४१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेहरुको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ३९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५९७ पुगेको छ ।