काठमाडौँ/
नेपाल प्रहरीले कास्कीमा खाली अक्सिजन सिलिन्डरहरु जम्मा गरेर अक्सिजन निर्माता कम्पनीहरुलाई दिएको छ। कोरोना भाईरस महामारीमा अस्पतालहरुमा अक्सिजन सिलिन्डरहरुको अभाव नहोस भन्ने उद्देश्यका साथ कास्की जिल्ला अन्तरगत बिभिन्न मेटल कम्पनी, वर्कसप, ईन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्याँस वेल्डिङ तथा अन्य कम्पनीहरुसँग रहेका अक्सिजन ग्याँस सिलिण्डरहरु पछी सम्बन्धित संस्था तथा कम्पनीहरुलाई नै फिर्ता गर्ने गरी प्रहरीले जम्मा गरेर अक्सिजन कम्पनीहरुलाई दिएको हो।
कोरोना भाईरस संक्रमित बिरामीहरुको उपचारार्थ बिभिन्न अस्पतालहरुमा पठाउने गरी १८७ थान अक्सिजन ग्याँस सिलिण्डरहरु पोखरा अक्सिजन प्रा.लि. र कालिगण्डकी अक्सिजन प्रा.लि.लाई हस्तान्तरण गरिएको कास्की प्रहरीले जनाएको छ।