• मंसिर १५ २०८१, शनिबार

केही मान्‍छे चोइटिएर गएपछि एमालेमा ल्‍याङ्ल्‍याङ अन्‍त्य भयो : ओली

मंसिर ७ २०७८, मंगलवार

काठमाडौँ। नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीले केही मान्‍छे चोइटिएर गएपछि शुद्धीकरणको मौका मिलेको दाबी गरेका छन् । मंगलबार सम्‍पादकहरूसँगको अन्तर्क्रियामा उनले उनीहरू चोइटिएर गएपछि ल्याङ्ल्याङ अन्‍त्य भएको जिकिर गरे । उनीहरू जाँदा पार्टीमा कुनै असर नपरेकोसमेत दाबी गरे ।

‘केही मानिस चोइटिएर गए । शुद्धीकरणको मौका मिलेको छ, अरु तिर के भो कुन्नी, नेकपा एमालेमा ल्याङल्याङ अन्त्य भो,’ उनले भने, ‘ मतदाता पनि घटेका छैनन् । हामीले निर्वाचित गराएका केही मानिस बिग्रिए । एकठाउँमा पार्टी प्रवेश गर्दा दिनमै ४५ सयले प्रवेश गरेका छन् । नेकपा एमाले एकजुट छ, व्यापक, विस्तृत छ ।’