काठमाडौँ । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने विभिन्न सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन सुरु हुने भएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले एक सार्वजनिक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो ।
सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १५ गतेदेखि सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनबाट तोकिएको दरमा टोल शुल्क उठाइने भएको हो ।
आयोजनाले सवारीसाधनलाई चारवटा वर्गमा विभाजन गरी काठमाडौँ प्रवेश र काठमाडौँबाट प्रस्थान गर्नेहरूको लागि फरक–फरक शुल्क निर्धारण गरेको छ:
वर्ग १ (कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारी):
काठमाडौँ प्रवेश: रु. ६५
काठमाडौँबाट प्रस्थान: रु. ६०
वर्ग २ (मिनी बस, मिनी टिपर-ट्रक):
काठमाडौँ प्रवेश: रु. ११५
काठमाडौँ बाट प्रस्थान: रु. ८०
वर्ग ३ (बस, ट्रक – सिंगल रियर एक्सल):
काठमाडौँ प्रवेश: रु. २६०
काठमाडौँ बाट प्रस्थान: रु. २००
वर्ग ४ (मल्टी एक्सल ट्रक÷सवारी साधन, भारी उपकरण):
काठमाडौँ प्रवेश: रु. ६००
काठमाडौँ बाट प्रस्थान: रु. २५०