• मंसिर १५ २०८१, शनिबार

अध्यक्ष व्यस्त भएपछि एमाले स्थायी कमिटी बैठक स्थगित, आजै पुन: बस्ने

मंसिर ७ २०७८, मंगलवार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक केही बेरका लागि स्थगित गरिएको छ । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठक पार्टी अध्यक्ष केपी ओली सम्पादकसँगको छलफलमा सहभागी हुनुपर्ने भएपछि डेढ घण्टाका लागि बैठक स्थगित गरिएको हो।

उक्त छलफलपछि आजै पुनः स्थायी कमिटीको बैठक बस्ने बताइएको छ।

बैठकले महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार ५ प्रतिशत मनोनीत हुनेछन्

आजको बैठक स्थायी कमिटीको अन्तिम बैठक भएको बताइएको छ । त्यस्तै, महाधिवेशनअघि मंसिर १० गते अन्तिम केन्द्रीय कमिटी बैठक चितवनमा हुने नेताहरुले बताएका छन् ।