• मंसिर १५ २०८१, शनिबार

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सुवासचन्द्र नेम्वाङको घोषणा

मंसिर ७ २०७८, मंगलवार

काठमाडौँ। एमाले नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। । चितवनमा हुने नेकपा (एमाले) को दशौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताए । चुनाव हुने अवस्था आएको खण्डमा आफूले पनि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताए ।

सर्वसम्मत मै जाने जोड दिएका नेम्वाङले भने ‘सर्वसम्मतमा भएन भने उम्मेदवारी नै  दिन्छु ।’ नेम्वाङले आफूलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन सुझाव आएको समेत बताए ।

गत असोजमा विधान परिवर्तन गरेर एमालेले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेको थियो । साे पदमा ईश्वर पोखरेल, रामबहादुर थापा बादल र नेम्वाङ समेत आकांक्षी भएपछि चुनावको विकल्प नहुने अवस्था देखिएको छ ।

एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुदैछ ।