• मंसिर १५ २०८१, शनिबार

सर्वोच्च अदालतको संशोधित नियमावली राजपत्रमा प्रकाशित (पूर्णपाठसहित)

मंसिर ६ २०७८, सोमबार

काठमाडौँ। गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्था सहितको सर्वोच्च अदालत (दोस्रो संशोधन ) नियमावली सोमबार राजपत्रमा प्रकाशित भएको छ । यसअघि बसेको सर्वोच्च अदालतको फूलकोर्ट बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार नियमावली संशोधन भएको हो । अब राजपत्रमा प्रकाशित नियमावली कहिलेबाट लागू हुने भन्नेबारे सर्वोच्चको फूलकोर्टले नै निर्णय गर्नुपर्छ । यो नियमावलीले सर्वोच्चका पेशी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकारर काटौती गरेको छ । सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न लामो समयदेखि माग हुँदै आएको थियो ।