काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।
आइतबार दिउँसो ३ बजे काठमाडौंमा पत्रकार सम्मेलन गरी रावलले आफ्नो उम्मेद्वारी घोषणा गर्न लागेको उनी निकट स्रोतले जनाएको छ।
नेकपा एमालेको १० महाधिवेशन आगामी मंसिर १० गतेदेखि चितवनमा हुँदैछ।