• मंसिर १५ २०८१, शनिबार

आन्दोलनरत कानुन व्यवसायीहरुले मागे गृहमन्त्री खाँणको राजीनामा

मंसिर ५ २०७८, आईतवार

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणकोसमेत राजीनामा मागेका छन्। सर्वोच्च अदालत परिसरभित्र सशस्त्र र दंगा प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि दमन गरेको भन्दै उनीहरुले गृहमन्त्री खाँणको राजीनामा मागेका हुन्।

आइतबारको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएका छन्। उनिहरुले प्रदर्शनमा गृहमन्त्री, प्रधानन्यायाधीश, अदालत प्रशासन र प्रहरीविरुद्ध नाराबाजी गरेका हुन्।

वकिलहरुले अदालत परिसरभित्र धर्ना दिन थालेयता सर्वोच्च अदालतमा प्रहरी र सुरक्षा बढाइएको छ। धर्नामा बसेका कानुन व्यवसायी र प्रहरीबीच प्रत्येक दिनजसो घम्साघम्सी हुँदै आएको छ। केही दिनअघि धर्नमा बसेका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी हुँदा ७ जना कानुन व्यवसायीहरु घाइते भएका थिए।

प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बारले बताएको छ।