• मंसिर १५ २०८१, शनिबार

प्रचण्ड र विप्लवबीच भेटवार्ता , तत्काल सहकार्य गरेर जाने

मंसिर ४ २०७८, शनिबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेचविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । शनिबार बिहान प्रचण्डनिवास खुमलटारमा भेटवार्ता भएको हो।

भेटमा उनीहरुबीच दुई पार्टीबीच सहकार्य गरेर जाने, मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई कसरी निकास दिने भन्ने विषयमा सकारात्मक छलफल भएको स्रोतले बतायो ।

भेटमा एकताका लागि पहल गरिरहेका माओवादी केन्द्रका प्रवक्तासमेत रहेका नेता कृष्णबहादुर महरा समेत सहभागी थिए । शनिबार बिहान महराले नै विप्लवलाई प्रचण्डको निवास खुमलटार लगेर गएका थिए ।