• मंसिर १५ २०८१, शनिबार

बाबा रामदेव त क्रान्तिकारी हुनुहुँदो रहेछ : प्रचण्ड

मंसिर ३ २०७८, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति रहेका बताएका छन् ।

काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘सुरुमा चिनजान हुँदा, कता कता पहिले त उहाँ रुढीवादी र परम्परावादी हुनुहुन्छ जस्तो लागेको थियो। मैले जहिलेदेखि बाबा रामदेवसँग निकटता बढाएँ, छलफल गर्न थालेँ तब अर्कै पाएँ’, उनले भने, ‘बुझ्दै जाँदा त उहाँ वैज्ञानिक र क्रान्तिकारी पो हुनुहुँदो रहेछ।’

रामदेवले आरोग्यबाट निरोगिता र योगमुलक उद्योग अगाडि बढाएको भन्दै उनले नेपालको सामाजिक सांस्कृतिक विकासमा पतञ्जलिको भुमिका रहेको बताए ।

बिहीबार काठमाडौं आएका बाबा रामदेवले बिहीबार नै खुमलटार पुगेर प्रचण्डलाई भेटेका थिए ।