• मंसिर १५ २०८१, शनिबार

कानुन व्यवसायीमाथि प्रहरीको बल प्रयाेग, बार अध्यक्ष श्रेष्ठसहित १२ जना घाइते

मंसिर २ २०७८, बिहीबार

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनको धर्नामा प्रहरीले बल प्रयोग गरेको छ ।

सर्वाेच्च अदालत परिसरमा बारले दिएको धर्नामा प्रहरीको बल प्रयोगबाट बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना कानुन व्यवसायी घाइते भएका छन् ।

जबरालाई रोक्न वैकल्पिक गेटमा धर्ना दिन पुगेका कानुन व्यवसायीलाई रोक्ने क्रममा प्रहरीसँग घम्साघम्सी चलेको हो । कानुन व्यवसायीले मूलगेटमा धर्ना दिँदै आएका कारण जबरा वैकल्पिक ढोकाबाट अदालत प्रवेश गरिरहेका छन् । तर बिहीबार भने कानुन व्यवासयी वैकल्पिक गेटमा धर्ना दिन पुगेका थिए ।

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै जबराको राजीनामा माग्दै बार केही सातादेखि आन्दोलनमा छ भने सर्वाेच्चकै न्यायाधीशले इजलास बहिस्कार गर्दै आएका छन् ।

प्रधानन्यायाधीश जबराले संवादबाट समाधान खोज्न गरेको आग्रहलाई न्यायाधीश र बारले अस्वीकार गर्दै आएका छन् ।