• मंसिर १५ २०८१, शनिबार

प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

मंसिर १ २०७८, बुधबार

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । राईलाई बहुमत प्रदेश सभा सदस्यले मत दिएका छन्। उनको पक्षमा ५० मत आएको छ भने विपक्षमा २९ मत खसेको छ।

प्रदेश सभाको बुधबारको बैठकमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत माग्दै प्रस्ताव टेबुल गरेका थिए ।

राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरेका छन् ।