• मंसिर १५ २०८१, शनिबार

अदालतको समस्या अदालतभित्रैबाट समाधान हुनुपर्छ : प्रचण्ड

मंसिर १ २०७८, बुधबार

जनकपुरधाम। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदालतको समस्या अदालतभित्रैबाट समाधान हुनुपर्ने बताएका छन् । बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले अदालतको समस्या चाँडो भन्दा चाँडो समाधान हुने आश्वासन व्यक्त गरे। उनले अदालतमा देखा परेका समस्याप्रति मंगलबार बसेको पाँच दलीय गठबन्धन समन्वय समितिको बैठकले गम्भीर ध्यनाकर्षण गरेको र सबै पक्षले आ–आफ्नो ठाउँबाट समस्या समाधान गर्न पहल गर्दै आफूहरुले सन्तुलित वक्तव्य समेत दिएको जानकारी दिए ।

अध्यक्ष प्रचण्डले भने,“न्यायालयको समस्या एक/दुई दिनभित्र अदालतबाट नै सल्टिन्छ, समस्याको छिट्टोभन्दा छिटो समाधान गर्न गठबन्धन सरकारले आफ्नो–आफ्नो ठाउँबाट पहल गरिरहेको छ । अशा गरौँ, विवाद त्यहीँबाट सल्टियोस् ।”