• मंसिर १४ २०८१, शुक्रबार

पत्रकारको क्षमता विकासका लागि सरकारले आवश्यक सहयोग गर्छ : अर्थमन्त्री शर्मा

कार्तिक २९ २०७८, सोमबार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पत्रकारहरुको क्षमता विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

अर्थमन्त्री शर्माले राष्ट्रिय समाचार समिति (रासस) सरकारी समाचार संस्था भएको उल्लेख गर्दै त्यसले जनसरोकारका सबै आवाजहरुलाई उजागर गर्नुपर्ने आवश्यक्ता औंल्याए । सोमबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल, राष्ट्रिय समाचार समिति (रासस) शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रममा बोल्दै उनले राससले सरकारको प्रवक्ताको रुपमा काम गर्नुपर्ने बताउँदै सरकारको कमी कमजोरीलाई पनि पारदर्शी रुपमा आवाज उठाउनु पर्ने बताए । अर्थमन्त्री शर्माले राससमा जनशक्तिको क्षमता अभिवृद्धि गर्ने र यसको संरचनामा सुधार गर्नुपर्ने बताए ।

उनले भने, ‘रासस सरकारको एकमात्र एउटा समाचार संस्था हो, यसले जनताका सबै आवाजहरुलाई विभिन्न मिडियामार्फत् सरकारसमक्ष र जनतासमक्ष पु¥याउनु पर्छ र सरकारका काम कारबाहीहरुलाई पनि विभिन्न माध्यमबाट जनतासम्म पु¥याउनु पर्छ, यसले आफ्नो काम त गरिरहेको छ तर यसको पनि एउटा बहस छ, सरकारकै आफ्नो सञ्चार संस्था बनाउने कि नबनाउने ? भन्ने पनि बेलाबेलामा बहस र प्रश्न उठ्छ, मेरो मान्यता छ,सरकारको हुनुपर्छ भन्ने हो, किनभने सरकारको प्रवक्ताको रुपमा यसले काम गर्ने हो, समग्र सरकारको प्रवक्ताको रुपमा राससले काम गर्नुपर्छ, सरकारमा बसेर कमी कमजोरी भए त्यो पनि यसले आवाज उठाउने अधिकार छ, समाचार समितिको नाताले तथ्य कुरा जनतासमक्ष लैजाने यसको कर्तव्य हो, राससको जनशक्तिको क्षमता अभिवृद्धि गर्ने कुरा, यसको संरचनागत सुधारको कुरा आवश्यक छ, संरचनागत सुधारहरु भइरहेको छैन, राजनीतिक तरिकाबाट नियुक्ति हुने भएकोले पनि हुनसक्छ, आउन त मिडिया क्षेत्रकै साथीहरु आउनुहुन्छ, तर त्यसले पनि कतै अफ्ठ्यारो पारेको छ कि जस्तो मलाई लाग्छ, राससको संरचनालाई नयाँ ढंगले विकिसित गर्न आवश्यक छ, श्रमजीवि पत्रकारको क्षमता अभिवृद्धि गर्न आवश्यक छ, यसमा तालिमको लागि के सहयोग गर्नुपर्छ माग गर्नुभयो भने त्यसअनुसार सहयोग गर्न सरकार तयार छ ।’

अर्थमन्त्री शर्माले सरकारमा भएका भ्रष्टाचार र अपारदर्शीताबिरुद्ध आवाज उठाउँदै आत्मनिर्भर अर्थतन्त्रमा अघि बढेर राष्ट्रिय स्वाधीनता, रोजगारी र युवा जनशक्तिलाई देशमै स्थापित गर्ने काममा प्रेस सेन्टर नेपालले भूमिका खेल्नुपर्ने बताए