• मंसिर १४ २०८१, शुक्रबार

माओवादी अध्यक्ष प्रचण्ड अस्पताल भर्ना

कार्तिक २७ २०७८, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । रक्तचाप बढेपछि उनलाई शनिबार बिहान ललितपुरमा रहेको मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जानकारी दिएको छ ।

पछिल्लो समय व्यस्तताले स्वास्थ्यमा समस्या आएको बताइएको छ। अहिले अवस्था सामान्य रहेको उनलाई केही समय आराम गर्न चिकित्सकले सुझाव दिएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि दाहालले पार्टीका कार्यक्रम र भेटघाट स्थगित गरेका छन् ।